सोलुखुम्बुको दुधकुण्डमा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का ४० वर्षीय विष्णु राई रहेका छन् ।
शनिबार दिउँसो दुधकुण्ड- ६ स्थित जंगलमा बिद्युत् कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानीय ४० वर्षीय विष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका उनीहरूलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा राईको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
1
+1