बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिएण्सी टिचिङ्ग अस्पताल र पुर्वान्चल क्यान्सर अस्पतालको आयोजनामा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वान्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ महिला सहित ४८ जनाले रक्तदान गरेको अस्पतालका प्रवक्ता एवं जनसम्पर्क अधिकृत प्रमिस गिरिले जानकारी दिनुभएको छ ।

झापामा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा सञ्चार कर्मी नेत्र बिक्रम बिमलीले ११६ औं पटक रक्तदान गर्नु भएको रक्तसञ्चार केन्द्र झापाका इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार झापाको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम अस्पतालका कर्मचारी एवं त्यहाँ पुगेका सर्वसाधारण समेत रक्तदान गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार