भद्रपुर, श्रावण ३० । भद्रपुर ७ अञ्जनीमाेड स्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा चोरी भएको छ ।

मन्दिरको ग्रिलको ढोकामा रहेको ताला फुटाएर चोरले वुधवार राती चोरी गरेको र चोरले ताला फुटाइ मन्दिर भित्र रहेको दान पेटीका लगेको स्थानीय समाजसेवी उर्मिला गौतमले जानकारी दिएकी छ्न ।

चोरी अन्दाजी रातको १२ र १ वजेको विचमा भएको हुनसक्ने अनुमान गरीएको छ । प्रहरीलाइ खवर गरीसकेको र आवश्यक अनुसन्धान पछि मात्र विस्तृत थाहा हुने गौतमले जानकारी दिएकी छ्न । उनका अनुसार यस अघि पनि सोही मन्दिरमा ४ पटक चोरी भइसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार