भद्रपुर । भद्रपुर ७ स्थित भृकुटी दु:खी टोल विकास संस्थाको अध्यक्षमा खेमराज दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

नवदुर्गा मन्दिरको सभाहलमा सम्पन्न भेलाले उपाध्यक्ष भक्तबहादुर थापा, सचिव देवीमाया पेखरेल नेपाल, सह सचिव सेकेन्द्र राजवंशी र कोषाध्यक्षमा प्रमिला भट्टराईलाई निर्विरोध चयन गरेको हो ।

यस्तै सदस्यहरूमा क्रमशः अम्बिका आचार्य, रेखा पौडेल, केशव कोईराला, तेजराज तिम्सिना र मनोनित सदस्य लिला भट्टराईलाई निर्विरोध निर्वाचित गरिएको छ ।

टोल विकास संस्थाका निर्वतमान अध्यक्ष टंकप्रसाद ओलीको अध्यक्षता तथा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार