शरिरमा रहेका रक्त कोषिकाको निर्माण र पुर्नसमायोजन पौष्टिक पदार्थले गर्ने विज्ञहरुको तर्क रहेको छ ।
हामीले खाने डायटले नै मानव शरिरको तौल, लिङ्ग, उमेर र स्वास्थ्य निर्धारण हुने बताइएको हो ।
पौष्टिक पदार्थ भनेको एमिनो एसिड हो
पौष्टिक पदार्थमा एमिनो एसिड हुन्छ । शक्तियुक्त तरल पदार्थ र हार्मोनको पुर्ति यसबाट हुने बताइएको छ ।
पौष्टिक पदार्थ पाइने खानेकुरा
१. माछाः– माछामा ओमेगा ३ पाइने गर्छ ।
२. कुखुराको छाती
यसमा प्रचुर मात्रामा पौष्टिक पदार्थ पाइन्छ । ५ ग्राम मासुमा २१.३ ग्राम प्रोटिन पाइने सर्वेक्षणहरुले बताएको कुरा उल्लेख गरिन्छ ।
३. टर्की
टर्कीको मासुमा र यसको छातीको मासुमा धेरै पौष्टिक पदार्थ पाइने निष्कर्श रहेको छ ।
४.अण्डा
अण्डामा पोषण पाइन्छ । एउटा ठूलो अण्डामा ६.३ ग्राम पोषण पाइने निश्कर्ष वैज्ञानिकहरुको छ । उमालेर खाएको अण्डा आफैमा एक उत्तम डायट हो ।
५. दही
दहीमा चिनीको मात्रा मिसिएको हुन्छ यो एक उत्तम पौष्टिक आहार हो ।
६. चिज
चिज एक उत्तम पौष्टिक पदार्थ हो । ११३ ग्राम चिजमा १२.५ ग्राम पौष्टिक पदार्थ रहेको आँकलन गर्न सकिन्छ ।
७. दुध
गाईको दुधमा आवश्यक मात्रामा पौष्टिक पदार्थ हुन्छ ।
८. ब्रोकाउली्र
९१ ग्राम ब्रोकाउलीमा २.५७ ग्राम पौष्टिक पदार्थ रहने बताइएको छ ।
९. काउली
काउलीमा पनि प्रचुर मात्रामा पौष्टिक पदार्थ रहेको अन्वेषण गरिन्छ ।
१०. ओटस्
८१ ग्रामको ओट्समा १०.७ ग्रामको प्रोटिन रहने बताइएको छ ।
११. अम्बा
अम्बा एक उष्ण वातावरणमा पाइने फल हो । १६५ ग्रामको अम्बा लिँदा ४.२१ पौष्टिक पदार्थ पाइने जानकारी दिलाइन्छ ।
१२.एभोक्याडो
एभोक्याडोमा निकै मात्रामा चिल्लो पदार्थ रहेको बताइन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन रहेको पाइन्छ ।
१३. फर्सिको वियाँ
यसमा म्याग्नेसियम र सेलेनियम पाइन्छ ।
एजेन्सी