नेपालको ठूला/ठूला पार्टीका केही नेताहरू प्रजातन्त्र प्राप्त पछि पहिलो २०४८ सालको निर्वाचन पछि लगातार जस्तै विजयी बनेर संसद भवन प्रवेश गर्ने नेता छन, प्रधानमन्त्री पाँच पटक सम्म बन्ने नेता पनि छन। तर पनि आफूले आफूलाई रूपान्तरण गर्न सकेका छैनन, मैले गरेको ठीक थिएन कि भनेर विश्लेषण गर्न नसक्नु ठूलो कमजोरी रहेको छ, सर्वप्रथम त आफ्नो परिवार ,नाता गोता, नजिकका आसेपासे र संधै गल्ती गरे पनि समर्थनमा उत्रिन सक्ने कार्यकर्ता लाई मात्र सम्बोधन गर्दा न देशले निकास पाउनसक्यो, न विकासले नै फड्को मार्न सक्यो ? यही विषय बारम्बार लेख्न पर्दा लेखकलाई पनि जोश जाँगर नै सिथिल भएर आउछ । जुन नेता संग देश बनाउने नयाँ योजना र क्षमता छैन उनीहरू पदमा पुगेर के गर्नु ? प्रश्न खडा गराउने नेताले देशको विकासको कुरा कसरी अघि बढाउन सक्छन ? नेपालको हरेक पार्टीमा नेतृत्व गर्ने यस्ता नेता भएपछि मतदाताको लागि
“आकासको फल आँखा हेरी हेरी मर”
भने जस्तो भएपछि कसरी देश बन्छ, नेपालमा सबै पार्टीमा भएको नै यही रोग हो, यसलाई जराबाट उखेलेर नफालुञ्जेल यस्तै मात्र हुन्छ। नेता फाल्नका लागि योजना बनाएर ल्याउनु पर्यो आफूलाई युवा नेता भनिएका नेकपा एमालेका भीम रावल अध्यक्ष पदमा उठ्न साथ विजयी बन्ने कुरा त परै जावोस भित्तामा लगेर थान्को लगाएका छन, उनका कुरा कसैले सुन्दैन।

विगत २०७८ साल भाद्र २४ गते वीपी स्मृति दिवसको दिन पारेर स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालालाई बन्दि बनाई राखिएको सुन्दरी जल जेलको जमिनमा गई माटोलाई नमन गरि उनै वीपीले रोपेको कपुरको बोटलाई जल सिञ्चित गरि, सोही ठाउँ नजिकै रुद्राक्ष को विरुवा रोपि जल सिञ्चित गरि महामन्त्री पदमा उम्मेदवार बन्ने धारणा बोकेका बिश्वप्रकाश शर्माले स्वर्गीय वीपीको बिचारलाई पञ्चायती सरकारले मारेको महसुस गरि सम्बिधान सभाको दिन पारेर यही २०७८ आश्विन ३ गते

#हिजो राजनैतिक परिवर्तन#
#अब राजनीतिमा परिवर्तन#

उत्साह, एकता र रूपान्तरण, सफल पारौं नेपाली काङ्ग्रेसक चौधौं महाधिवेशन भन्ने नाराका साथ

१,एकपटक राष्ट्रपति
२,दुईपटक प्रधानमन्त्री
३,तीनपटक मन्त्री र
४,चारपटक सासंद गरि
चौबीस बुँदे अवधारणापत्र प्रस्तुत गरि महामन्त्री पदमा उम्मेदवार बनेका विश्वप्रकाश शर्माले १,९८४ मत ल्याई विजयी बन्नुभयो।

उहाँले आफ्नो पार्टीमा नेतृत्व कसरी परिवर्तन गर्न सकिन्छ भनि आफु पार्टीको आन्तरिक निर्वाचनमा भाग लिदा गरेको उद्घोष अनुसार पार्टीका वरिष्ठ नेताहरूलाई नेतृत्वबाट बिदाई गरान सहज हुन्छ भनि केन्द्रीय समितिमा पेश गर्नुभएको छ। यस विषयमा आ-आफ्नो धारणा प्रस्तुत हुने क्रम जारी छ, त्यसैले उपरोक्त नियमलाई पारित गरेर जाने हो भने आउँदो नेतृत्व सहज बन्दै जाने कुरामा दुईमत छैन।

बेलायत एक जमानामा विश्वका प्राय सबै साना ठूला देशहरूमा अधिपति जमाइराख्न सफल बनेको थियो । टाढाको उदाहरण दिनै पर्दैन, करिब दुई सय बर्ष ईष्ट इण्डियन कम्पनिले भारतमा शासन गरेको थियो, सन १५ अगस्त १९४७ को दिन स्वतन्त्र भएको हो । त्यहाँको स्वतन्त्र गराउन महात्मा गान्धी, मोतिलाल नेहरू, जवाहरलाल नेहरू, बल्लभ भाई पट्टेल, सुवासचन्द्र बोस, महमद अलि जिन्ना, डा राजेन्द्र प्रसाद, जयप्रकाश नारायण साथै रविन्द्रनाथ टेगर जस्ता साहित्यकार समेतको योगदानका कारणले भारत स्वतन्त्र बनाउन सफल बनेका थिए, आज त्यही भारत आफ्नो भू भाग मणिपुर जलि रहेको थियो, त्याहा केन्द्र सरकार उपस्थित हुन सकेन, आज सम्म पनि प्रधानमन्त्री नरेन्द्र मोदी गएका छैनन। सत्ता अन्धो हुन्छ भनेको सत्य नै रहेछ , मणिपुर राज्यको विषयमा एक शब्द नबोली अमेरिका भ्रमण गर्ने प्रधानमन्त्री पनि यही एसिया महादेशमा छन । नौ बर्षको समयमा आफ्नो सरकारको बिज्ञापनका लागि ६,४८० करोड भारतीय रूपैया अर्थात दैनिक दुई करोड खर्च गरेको भारत सरकारका गृहमन्त्रीले जनाएका छन ।
भारत स्वतन्त्र भएपछि भारतीय मूलका ऋषि सुनकका परिवार बेलायत गएका रहेछन । कोभीड 19 ले थिलथिलो पारेको अर्थतन्त्रलाई उनै ऋषि सुनक अर्थमन्त्री बनेपछि स्थिर बनाउन सके, पैतालिस वर्षिय ऋषि सुनक भारतीय मूलका नागरिक बेलायत जस्तो देशमा प्रधानमन्त्री हुन सक्छन तर नेपालमा काङ्ग्रेसका गगनकुमार थापा संसदीय दलको नेतामा निर्वाचनमा भाग लिदा उनको बेला भएको छैन भन्ने नेता, जस्ले केही गर्न पनि नसक्ने , केही योजना पनि नहुने नेताकै कारण देश बिग्रिएको हो ।

अन्त्यमा नेपाली क्रिकेट टिमका ज्ञानेन्द्र मल्लले आफूलाई समयानुकूल रूपान्तरण गर्दै टिम र कप्तान बाट सन्यास लिएका छन, राजनीति गर्ने नेताले उनी बाट सिक्न जरूरी रहेछ, सही समयमा सही निर्णय गर्न सकिएन भने परिणाम गलत आउने रहेछ भन्ने बुझ्न जरूरी छ। त्यसैलै याहाका राजनीतिज्ञले पनि ज्ञानेन्द्र मल्लबाट सिकेर राजनीतिलाई निकास दिन सके आउँदा दिनमा नेपालले पनि फड्को मार्न सक्ने थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले बहन गर्नै अबको फरक जिम्मेवारीलाई सम्मान गर्न चाहान्छु। तपाईले गरेको निर्णयलाई अङ्गीकार गर्दै नेताहरूले ढिलै भए पनि सही निर्णय लिन सकुन । धन्यबाद

नारायणबहादुर बस्नेत / मेचिनगर:- ८ झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार