कविता: “बदलौँ न समाज”

बन्नु नै छ हामीलाई देशको सुनौलौ भविष्य,
हामी नै त हौँ बदल्ने, समाजका खराबी अवश्य।
समाजै नै हो जाँहा बस्छन् थरि थरीका मानिसहरु
लौ न !सुधारौँ न विकृति सबै मिलेरै बरु।
हेर! आकाशमा कति राम्रा नौलाखे तारा
म, तिमी र ऊ पनि त तारै हौँ
समाजका सारा।
नडराऔँ!
गरौँ सबै कठिन र अप्ठ्यारा काम
राख्नु छ हामीलाई समाजमा आफ्नू नाम।
शिक्षा लिएर हामीले शिखर चुम्नु छ
“कर्म नै धर्म हो ” भन्ने दिक्षा दिनु छ।
बसौं न सबै यहीं प्यारो देशको काखमा
छोडी नजाऊँ न पर्छ है यो सँधै पाखामा।
कठिन परिस्थिति आए यहीं म झेल्छु
बलिदान देशले मागे म खुसी खुसी मर्छु।
विकृति विहिन समाजको नयाँ परिकल्पना
यही नै छ साथी हो! हाम्रो नौलो परियोजना।
उठौं न सबै जुरुक्कै एकै चोटी
होस्टेमा हैँसे गरौं न सबैले मरि मेटी।

कवि: गायत्रा लामा
कक्षा: ७
सिग्मा इङ्लिस स्कुल, हल्दीबारी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
12
+1
5
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार