भद्रपुर/ भद्रपुर नगर क्षेत्रमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेगरी १ लाख ५५ हजार रुपैयाँको ‘महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार’का लागि अक्षय कोष स्थापना गरिएको छ ।

भद्रपुर–८, क्याम्पस मोड निवासी समाजसेवी एवम् धार्मिक व्यक्तित्व गणेशप्रसाद भट्टराई र उहाँकी धर्मपत्नी शकुन्तला भट्टराईले उक्त कोषको स्थापना गरेका हुन् ।

महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार नामाकरण गरिएको अक्षय कोषमा पुरस्कार संस्थापक भट्टराई दम्पती, भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर र प्रेस क्लब–भद्रपुरबीच भदौ ८ गते त्रिपक्षीय सम्झौता भएको हो ।
अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट भट्टराई कुलवंश प्रतिष्ठानको वार्षिक साधारणसभामा एक जना पत्रकारलाई ससम्मान पुरस्कृत गरिने सम्झौताको कार्यविधिमा उल्लेख छ ।तत्सम्बन्धी सम्झौता–पत्रमा दाता दम्पत्ती, प्रतिष्ठानका भद्रपुर नगर समिति अध्यक्ष चेतनाथ भट्टराई र प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठान, क्लब र स्थानीय बौद्धिक व्यक्तित्व गरी तीन सदस्यीय छनोट समितिले पुरस्कार पाउन योग्य सञ्चारकर्मीको चयन गर्ने जनाइएको छ । दोस्रो वर्षदेखि भने छनोट समितिमा बौद्धिक व्यक्तित्वको सट्टामा अघिल्लो पटक पुरस्कृत व्यक्ति रहने सम्झौता–पत्रमा उल्लेख छ ।

दाता परिवारले आजै भट्टराई कुलवंश प्रतिष्ठानलाई अक्षय कोष वापतको रकम हस्तान्तरण गरेको छ । कोषमा पुरस्कार–संस्थापक परिवारबाट रकम थप गर्न चाहेमा न्यूनतम २५ हजार र अन्य व्यक्ति वा संस्थाबाट न्यूनतम ५० हजार रुपैयाँ थप गर्न सकिने बुँदा पनि कार्यविधिमा समेटिएको छ ।

प्रेस क्लब–भद्रपुरसँग सहकार्य गर्नेगरी पुरस्कार र कोष स्थापनाका लागि अग्रज पत्रकार एवम् नागरिक एफएम.का प्रबन्ध–निर्देशक चिन्तामणि दाहालको समन्वयकारी भूमिका र विशेष पहल रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार