कविता: “त्यो पर्दैन ही ही!”
भनेर मात्रै कहाँ हुन्छ र यहाँ त्यो पर्दैन ही ही
मेची महाकालीका समस्या पहिचान गरौं भन्दै यी यी
भन्न सक्नुपर्छ बाकेर बर्दिया सोलु रामेछापका समस्या यी यी
सधैं कहाँ मिल्छ र अब त सुख भनेर त्यो पर्दैन ही ही!
के हुन भन्न सक्नुपर्छ पानी जहाज र मनोरेलका समस्या यी यी
कहाँ भोको भेट भरिन्छ र कर्ण्ाालीका जनताका ती
कर्णाली मार्सी जडिबुटी यार्सा चिन्न सक्नुपर्छ भनेर यी यी
सधैं कहाँ मिल्छ र अब त सुख भनेर त्यो पर्दैन ही ही!
भन्न सक्नुपर्छ खाए सहकारी भरे मैले भकारी यी यी
यो नि थाहा छैन उ नि थाहा छैन भन्ने रोग बताउ राचिमा हुन् यी यी
साचो सत्य कुरा बोले सहकारी बाट पैसो लेको छैन बैंकबाटै लिए
सधैं कहाँ मिल्छ र अब त सुख भनेर त्यो पर्दैन ही ही!
समस्या के के हुन बुट्टाबारी चिया बगानका केलाउ भन्दै यी यी
खाएको सक्कियो बचेको फिर्ता गरौं हुन् बचेको सब यी यी
कोरोनाको सुई खायौं फुइ लायौ भान्जो हो कोरोना भृकुटीको छोरा
सधैं कहाँ मिल्छ र अब त सुख भनेर त्यो पर्दैन ही ही!
नक्कली भुटानी शरणार्थीमा बालुवाटारको जगा सब ही ही
बजेट सब देशमा प्रदेशमा स्थानीय निकायमा ही ही
कर्मचारी ठेकेदार डन ठुटे टुटे फुटे टोलटोलका सबका मन
भनेर मात्रै कहाँ हुन्छ र यहाँ त्यो पर्दैन ही ही!
मनै त हुन रोशनी महरा असार पन्ध्रमा धान रोप्ने सब
जंगली धामीझाँक्री मने छलाङ पलङ कुर्सी छैन अब
भनेर कहाँ हुन्छ र पुन सुन आयो नुन सब उस्तै उस्तै हुन्
भनेर मात्रै कहाँ हुन्छ र यहाँ त्यो पर्दैन ही ही!
खोलेर मध्य रातमा संविधानका धारा बालाजुका बाईस धारा
गुना स्लिप खाए खोल्दा लाउदा बिगि्एका छन् ती आज सारा
मेची नगरले खायो बालुवा गिट्टी ल्यापटप बावादले सारा
भनेर मात्रै सुख कहाँ हुन्छ र यहाँ त्यो पर्दैन ही ही!