हल्दीबारी न्यूज़ डेस्क – दमक / दमकमा भएको गौ हत्यालाई लिएर हिन्दूबादी संगठनहरु सड़कमा रहेको बेला आज बिश्व हिन्दू परिषद नेपाल झापाले इलाका प्रहरी कार्यालय समक्ष ज्ञापन पत्र बुझाएको छ ।

परिषद झापाका अध्यक्ष होमनाथ ढुङगेल र नगर अध्यक्ष किशोर गौतमले संयुक्त रूपमा दिएको सो ज्ञापन पत्र मार्फत भाद्र १८ गते दमक निवासी लक्ष्मण बिष्टको गोठबाट गाई चोरी गरि हत्या गर्नुले प्रबुद्ध हिन्दू समाज आक्रोशित भएको उल्लेख गर्दै दोषीलाई अबिलम्ब पक्राउ गरि कानुनत कारवाहीको मांग गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार