दमकबाट गौहत्यामा संलग्न एक महिला सहित चारजना पक्राउ 

हल्दिबारी,२३ भदौ ।  दमक गौहत्या घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको  छ ।

प्रहरीका अनुसार  पक्राउ पर्नेहरूमध्ये ती नजना भुटानी शरणार्थी र एक जना स्थानीय महिला रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार  घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर विष्ट,  क्याम्प नम्बर ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, क्याम्प  नम्बर ३ छाप्रो नम्बर एटु – १२० बस्ने ३२ वर्षीय विधान थापा र दमक नगरपालिका ४ की ४५ वर्षीया गीता श्रेष्ठ रहेका छ्न ।

पक्राउ परेका विष्ट यसअघि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए । त्यस्तै दुलाल पनि यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छी सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए । थापा पनि यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए ।

गत भदौ १८ गते राति दमक नगरपालिका २ का लक्ष्मण विष्टको दमक १ स्थित पानीट्याङकी नजिक गोठमा बाँधी राखेको दुई महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर  काटेको उनीहरुले प्रहरीलाई बयान दिएका छ्न ।

घटनापश्चात् फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ   । उनीहरूमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार