अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट सम्मान

भद्रपुर । अन्तराष्ट्रिय साक्षरता दिवशको अवसर पारेर भद्रपुर नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी तथा सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा एसईई परीक्षा २०८० का उत्कृष्ट छात्र—छात्रा लाई एक एक थान ल्यापटप तथा आधारभूत तह उत्रीर्ण परीक्षा २०८० का प्रथम, द्वितीय र तृतीय हुने छात्र—छात्रालाई नगद १५०० सहित सम्मान गरिएको हो भने २०८०÷०८१ मा सेवा निवृत्त भएका शिक्षकलाई सम्मान गर्दै विदाई गरिएको थियो ।

उत्कृष्ट व्यवस्थापन समितिलाई समेत सम्मान गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख पवित्रा ढकाल दाहालले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेकी थिइन् भने सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीद्वारा कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार