” कलमले सलाम छ वि पि तिमीलाई ”
सलाम बाट व्यक्त गर्न नसकेनी कलमबाट सलाम छ वि पि तिमीलाई ।
महामानव वि पि तिमीलाई मेची-महाकालीकाे जय नेपाल।।
हेर्दा हेर्दै वर्ष एकसय सात पार्टीमा भने अझै साढे सात ।
जनताहरु अब समाजवादी जप गर्दैछ्न रुखको बीउ छर्दैछन।।
पार्टीलाई पुरै भर्ती केन्द्र बनाए , विचार बोक्ने नेताहरु सबै गह्नाए ।
वि पि तिम्रो विचारलाई आफ्नै बाबुको बिर्ता झै बनाए ।।
अंशबन्डा गर्दागर्दै पार्टीलाई पुरै काक्राका चिरा जस्तै बनाए।
कार्यकर्ता हामी जाग्दैछौँ अंशबन्डा त्याग्दैछौँ ।।
अब त समाजवादी विचार साम्यवादीहरुले नै बोके।
जनता जनार्दन आजित भएर सूर्यमा नै मतदान ठोके।।
तर अहिले पछुताएर भोग्ने नभोग्ने सबैकुरा भोगे ।
देशले एउटा चुच्चे नक्सा त पायो जमिन अर्कैले खायो।।
जनता भन्दैछन समाजवादी झण्डा गाढ्छौँ, अंशबन्डा गर्नेहरुको उछित्तो काढ्छौँ ।
पार्टी हेर्दा पोलैपोल देख्छौँ चौधौं महाअधिवेशन मा छेक्छौँ
अब त गरिबको चुलो सेलाइ सक्यो समाजवाद फर्काउन ढिलो भैसक्यो।
वि पि तिमीले पुनर्जन्म लिने दिन आइसक्यो ।।
झुपडीबाट हामी समाजवाद बोक्ने छौँ, रुखमा मतदान ठोक्नेछाैँ ।
अब त युवाहारु जाग्नु पर्छ , बुढापाका अभिभावक तिर लाग्नु पर्छ।।
कृषिमा क्रान्ति आउदैछ, देशले सर्प ,भ्यागुता र बिच्छी पाउदै छ।।
वि पि तिमिलाई जय नेपाल । जय नेपाल ।।

कविता रचनाकार : राज कुमार कार्की
मेची नगर -१५, झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार