झापा । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु भएको छ । अर्को एक युवक बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ का १५ वर्षीय फिरोज शेख रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै भद्रपुर ५ कै १५ वर्षीय उज्जवल राई बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

भद्रपुर माध्यमिक विद्यालय कक्षा १० अध्ययनरत उनीहरु दुईसहित चार जना साथी पौडी खेल्न दोमुखा गएका थिए । उनीहरु चारै जना भद्रपुर माविका छात्र हुन् । सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएका थिए । दुईजना निस्किन सफल भए । त्यसमध्ये शेखको शव भेटिएको डीएसपी चन्दले बताए । राईको खोजीका लागि प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार