नेपाल फर्किन लागेका रुपलाल मलेसियाको विमानस्थलमा अस्ताए

हल्दिवारी :दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर ४ वर्षअघि मलेसिया पुगेका दाङका रूपलाल चौधरीको नेपाल फर्कने क्रममा मलेसियाको क्वालालम्पुर विमानस्थलमा अकस्मात् निधन भएको छ ।

८० वर्षीया आमा रुपनी छोरा आउने खुसीले बाटोतिर हेर्दै बसेकी थिइन्। विभिन्न रोगबाट थलिएकी उनी ४ महिनादेखि छोरालाई बोलाइदिन पटकपटक आग्रह गरिरहेकी थिइन्। अब भने छोरा फर्कने आशामा बसेकी वृद्ध आमा अहिले छोराको शव आउने बाटो कुरिरहेकी छिन्।

सानैमा छाडेर विदेशिएका बुवा भेट्न १३ र १६ वर्षीय छोराहरू विपिन र विवेक व्यग्र प्रतीक्षामा थिए। श्रीमान् गुमाएको खबर सुनेदेखि श्रीमती बेहोस रहिन्। नेपाली समयअनुसार शनिबार दिउँसो करिब ४ बजेसम्म रूपलाल सम्पर्कमै थिए। उनले मलेसियाको क्वालालम्पुर विमानस्थल पुगेपछि पनि आफन्तलाई फोन र म्यासेजमार्फत आफू फर्कन लागेको जानकारी गराएका थिए। तर एक्कासि रूपलालले म्यासेज गर्न छाडेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार