हल्दीबारी न्यूज़ डेस्क/भद्रपुर। भारतको विहार प्रान्तस्थित जोगवनीमा उर्लाबारीका एक युवक मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउसो करिव २ बजे उर्लाबारी वडा नम्बर ३ मंगलबारेका सुनिल विश्वकर्मा उर्फ खाती मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

सोमबार दिउसो करिव २ बजे अन्दाजी २८ वर्षिय विश्वकर्मा जोगवनीस्थित रेल वे स्टेशन छेउमा मृत अवस्थामा फेला परेको भारतीय प्रहरीद्वारा नेपाल प्रहरीले जानकारी पाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । प्रहरीकाअनुसार खातीको मृत्युको कारण नखुलेकोले उनको परिवारलाई शव बुझ्न भारत पठाईने बताएको छ ।

यता उर्लाबारी वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले भारतीय प्रहरीसँग आवश्यक समन्वय गरि उनको शव नेपाल ल्याईने बताए । यस्तै उनले मंगलबार विहान वडाध्यक्षसहित खातीको परिवार शव बुझ्न भारत जाने बताए । खाती मंगलबारेस्थित सिमलडाँडामा आफ्नो मामा र हजुरआमासँग बस्देै आएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार