नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५जना पुग्यो

हल्दीबारी न्यूज़ डेस्क –  नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत जनबरीको पहिलो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार