बुद्ध एयरको एउटा जहाजको सेवा बन्द

हल्दीबारी न्यूज़ डेस्क – १६ वर्षसम्म सेवा दिएर बुद्ध एयरको एउटा जहाजले व्यावसायिक उडानबाट बिदा लिएको छ।

बुद्ध एयरले आफ्नो ATR-42 ‘9N-AIN’ जहाज उडाउन बन्द गरेको छ । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ ।

७० हजार साइकल पूरा गरेपछि व्यावसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार