हल्दीबारी न्यूज़ डेस्क /भद्रपुर : नेकपा एमालेका नेता भीम रावलले सक्ने भए आफूलाई पार्टीबाट निकाल्न चुनौती दिएका छन्।

मंगलबार साँफेबगरमा आयोजित कार्यक्रममा नेता रावलले एमालेलाई विधि र विधानअनुसार नचलाएर व्यक्तिगत कम्पनी बनाउन खोजिएको भन्दै आफूलाई यस्ता गतिविधि सह्य नहुने बताए। उनले पार्टीभित्रका यस्ता विकृति विसंगतिको विषय र जनताका हितमा निम्ति आफ्नो आवाज सधैं बुलन्द रहने भन्दै यस्ता कुरा नेतृत्वलाई नपच्ने भए पार्टीबाट निकाल्न सुझाव दिए।

उनले भने, ‘म उपस्थित भएको कार्यक्रममा कोही पनि सहभागी नहुनु, यदि भएमा कारबाही हुन्छ भन्दै दबाब दिने यस्ता निकृष्ट हर्कत नगर्नुस्।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार