हल्दिबारी । हास्य कलाकार सुलेमान शंकर (ईकु) पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ईकु काठमाडौं बूढानीलकण्ठ हात्तीगौंडाबाट पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । (सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको खुलेको छ ।

उनको ग्लोबल आईएमआई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मासमेत भएको प्रहरीले जनाएको छ । यसअघि उनी अनलाइन बेटिङ प्रकरणमा पक्राउ परेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार