हल्दिबारी, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो ।

केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले कार्यकर्तामा उत्साह भर्न र सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष प्रचण्ड झापा आउन लाग्नु भएको जानकारी दिए ।

लामो समय पछि माओवादीले प्रतिपक्षीको भूमिका निर्वाह गरेसँगै २०८४ लाई लक्षित गरी सङ्गठन विस्तारलाई तीव्रता दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार