विराटनगरका मेयर रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा

हल्दीबारी न्यूज़ डेस्क – बिराटनगर  महानगरपालिकाका प्रमुख एवं मेयर नागेश कोइराला रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएका छन् ।

एउटा स्थानीय सरकारका प्रमुखले अर्को स्थानीय सरकारविरुद्ध भएको आन्दोलनमा सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाएसँगै उनी विवादमा तानिएका छन् । त्यसै पनि कार्यक्षमता कमजोर भएको र मनोमानी गरिरहेको भनेर मेयर कोइरालाप्रति असन्तुष्टि बढ्दो छ ।

एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्काे पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ ।

रंगेली नगरपालिकाले निर्धारण गरेको करविरुद्ध नेपाली कांग्रसले आन्दोलन गरिरहेको छ । कांग्रेसबाटै विराटनगरको मेयर निर्वाचित भएका कोइराला रंगेली नगरपालिकाको नेतृत्वविरुद्ध भएको आन्दोलनमा बुधबार सहभागी भएसँगै झन् विवादमा तानिएका हुन् ।
रंगेली नगर एमालेको नेतृत्वमा छ । एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्काे पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार