झापा । झापाको शिवसताक्षीमा भाईकाे हत्या आराेपमा दाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीलका अनुसार शिवसताक्षी नगरपालिका-८ शितल चौक निवासी ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरेकाे हाे ।

गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट देखिएकाेले उनीमाथि दाउरा प्रहार भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र त्यसपछि नारायणले भाइलाई दाउराको चिर्पटले हानेकाे आशंका गरिएको छ ।

घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए । प्रहरीले राति नै मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार