जन्मदिन, पूजाआजा, चाडपर्वमा होस वा खुसी साटा साट गर्न होस् मानिसलाई फूल आवश्यक पर्छ । मानिसको दुःख, पिडामा पनि फूलको महत्व उत्तिकै छ । फूलको औसत आयु कम भए ता पनि यसको बजार ठूलो छ ।

चौमती शोभा भगवतीका प्रबिन्ध्र महर्जन कुमारी नर्सरीका निर्देशक हुन् । उनको फूलको नर्सरी व्यवसाय खुसीँबु, चित्लाङ्ग र पक्नाजोल गरी तिन ठाउँमा छ । उनको यो पारीवारिक व्यवसाय हो । २०५४ सालमा ठमेलबाट उनको फूल व्यवसाय शुरु भयो । उनी एजिलिया जातका फूल वेस्सरी वेच्ने गर्छन । विरुवा कटीङ्गबाट पनि फूल खेती हुन्छ भन्दै प्रबिन्ध भन्छन्,“नेदरल्याण्ड, हलेण्ड, जापान, थाइल्याण्डबाट म सिजन अनुसार विरुवा आफैं झिकाउँछु ।” सिजन अनुसार डालिया, जिनिँया, एस्टर्र, भर्विना, डेजी, क्यान्जी, विकिनिया फूलहरु उनकोमा भित्रन्छन् । उनी भन्छन्, “फूल व्यवसाय गर्दा शुरु ताका प्लान्टको बुट्टयान बनाउन र व्यवस्थापनमा वेस्सरी खर्च हुन्छ । त्यसपछिका खर्च कट फ्लावर र विउ किन्न हुन्छ ।”

आफ्नो सन्तुष्टिको बारेमा कुरा गर्दै महर्जनले भने, “मैले न्यूनतम पैसामा फूलको विरुवा उत्पादनबाट व्यवसाय गरेको हुँ आज ३० रोपनीमा म फूल व्यवासाय गर्दछु । अहिले १५ जना कामदार छन् र उनीहरुको न्यूनतम पारिश्रमिक रु १०,००० बाट शुरुहुन्छ । ” फूल रोपाई विउ छरेपछि अंकुरण, सिचाँइ, प्लाष्टिकमा सार्ने प्रकृया हुन्छ ।, कट फ्ल्वरको हकमा गमलामा फूल फुलाएर काट्ने चलन रहेको उनी बताउँछन् । उनी भन्छन् , “बजार ब्यवस्थापन गर्न ठाउँ हेरी नर्सरी राख्नुपर्छ, कट् फलावरको हकमा फूल हाँगा काटेर फूलको गुच्छा बनाउने गर्न सकिन्छ ।” बजारीकरणको लागि खुद्राफूलको पसलमा सम्पर्क राख्न सकिने उनी बताउँछन् । कुमारी नर्सरी ले पुष्प गुच्छा होलसेल, खुद्रा पसलमा बिक्री गर्छ । होलसेलले फूलपोलिस गरी देशभरी पैठारी गर्छ । “गुलाफ फूल प्रेमको सूचक हो यसको बनोट, आकार नै राम्रो हुन्छ । त्यस्तै कार्नेसन, जर्बेरा, लिजान्टस र सनफलाव्रको पनि यस्तै महत्व रहेको छ । विदेशीबजारसँग मार्केट प्रतिष्पर्धा गर्न औषतमा परिमाण, गुण र व्यवसायिक निरन्तरतामा फरक पर्छ । ”, उनी बताउँछन् ।

फूलको मलको लागि भने उन्नत माटो को अभावमा कोकोपिट र पत्कर प्रयोग महर्जनले गरेका छन् । सिजनल प्लान्टको एउटा विरुवाको रु २० देखि ४० गते सम्म पर्ने उनी बताउँछन् । उनी किसिम अनुसार बाह्रमासी फूलको विरुवा रु ५०,रु ६० हुँदै गमलाको फूलको १५,००० सम्म मा बेच्छन् ।

डिजाइन फ्लावर शप कमलादीका प्रोप्राइटरले फूल बेच्ने पेशा थालेको १७ वर्ष भयो । उनले भारतमा ३ वर्ष फूल दोकानमा काम गरे । अनि नेपालमा नयाँ पेशा शुरु गरे । उनले कट फ्लावर र पट फलावर फूलहरु खरिद बिक्री गर्छन । उनी रोज, जर्भेरा, लिलि, अर्किड, कार्नेशन, ग्याडुलोस, टिपलोज, मेरिगोल्ड आदि फूलहरु बिक्री गर्छन । उनी भन्छन्, “१५ वर्ष अगाडि फूल धनी मानीको जीवनमा मात्र प्रयोग हुने वस्तु रहेको हो । तर अहिले विवाह, जन्मोत्सव, वार्षिकी, नयाँवर्षमा फूलको प्रयोग बढदै गएको उनी बताउँछन् ।” सयपत्रि दिपावलीमा विक्री हुने भ्यालेन्टाइनमा गुलाफ बिक्री हुने उनको पसलमा एउटा फूलको गुच्चाको रु १५० मा बिक्री हुन्छ । उनको पसल ७ लाख देखि शुरुवाती भएको र अहिले यथोचित रुपमा बढोत्तरी भएको बताउँछन् । उनी भन्छन् “ लाखौं युवा वेरोजगार भई विदेशिन्छन उनीहरुले शीप सीक्न अनिवार्य छ र बजार हेरी यो पेशामा आवद्व भए विदेश जान नपर्ने बताए ।”

उदयपुरका बाबुराम थापा बुढानिलकण्ठका दिक्षा नर्सरीका मालिक हुन् । पासिकोट र बुढानिलकण्ठमा उनले १५ वर्ष देखिको फूल व्यवसाय पारिवारीक रुपमा संन्चालन गर्दै आएका छन् । उनकोमा फलफूल देखि इनडोर, आउटडोर बिउ उनकोमा पाइने गरेको छ । काठमाडौंको मौसम पायक सुन्तला, मुन्तला, जुनार, स्याउ, आँप सबै किसिमका बिरुवाको विउ उनकोमा पाइने गरेको छ । मर्दा र जन्मदाँ सधैँ फुलको आवश्यक पर्छ भन्ने उनी “गुलाफ, जिरेनियम, बेगेनबेली यस्ता फूलहरु हुन जुनसुकै महिनामा फुल्ने र बेच्ने गरेको तर्क राख्छन । ” उनकोमा २००० किसिमका विरुवा रहेछ । सिजनल फूलको मूल्य सस्तो हुन्छ र बारहमाशी फूलको मूल्य महंगो हुने उनको तर्क छ ।
प्रति महिना घरबहाल जम्मा जम्मी २ लाख र १० जना कर्मचारी राखी व्यवसाय गर्दै आएका थापा भन्छन् गर्न सके फूल व्यवसाय पनि अनुकुल व्यवसाय हो ।

फोलिकल्चर एसोसिएसन नेपालका कार्यक्रम संयोजक जंगबहादुर तामाङ्ग भन्छन्,“ यो संस्था पुष्प सम्बन्धि हेर्ने गैह्र सरकारी संस्था हो । ४३ जिल्लामा ६५७ व्यवसायी छन् । उत्पादन र बजार व्यवस्थापन व्यवसायीको मूल चुनौती रहेको उनी बताउँछन् । फूल विनाशशील भएको र जम्मागर्न नसकिने वस्तु हो । ” सिजनअनुसार फूल उत्पादन गरे व्यवसायी फस्टाउने उनी बताउँछन् । पुष्प व्यवसाय गर्न इच्छुक व्यक्तिलाई यस संस्थाले तालिम दिइरहेको उनको भनाई छ । एसोसिएसनको केन्द्रिय नीति भए पनि प्रदेश नीति नहुँदा अफठ्यारो महशुस भएको तामाङ्ग दुखेसो व्यक्त गर्छन ।

विरुवाहरुको उत्पादन, प्रबर्दन तथा फूलको मुल्य अभिवृदि गर्दै प्रतिष्पर्धात्मक पुष्प उत्पादन गर्ने काम लाई सरकारले अनिवार्यतामा राखेको छ । सरकारले यवसायीहरुलाई प्रोत्साहन गर्ने, व्यवसायीकरण र प्रतिष्पर्धा मार्फत अन्तराष्ट्रिय बजारमा पुष्प निर्यात गर्ने योजना नै मिलाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार