कविता – “कही गर्न सिक “

फुल हौ भने फुल जस्तै फुल्न सिक
किन ओइलाउनु पर्छ,
सुगन्ध जस्तै सुगन्धित हुन सिक…l

जीवनको यात्रामा धेरै कठिनाइहरू छन्
कठिनाईलाई हतियारमा परिणत गर्न सिक।

परिस्थिति जतिसुकै खराब किन नहोस्
आफ्नो परिस्थितिलाई बदल्न सिक…।

यात्रामा हरेक पाइलामा काँडाहरु छन्
मुस्कुराएर काँडाबाट बाटो बनाउन सिक…।

घाउ जति नै गहिरो किन नहोस्
गहिरो घाउहरू बन्नु अघि
कसरी निको पार्ने भनेर सिक …।

हामीले किन कसैलाई सोध्नु पर्छ
माग्नु छ भने ईश्वरको अगाडि हात फैलाउन सिक।
– देवेन्द्र किशोर ढुङगाना क्षेत्री
भद्रपुर,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार