हल्दिबारी बाल संजालको आयोजनामा ६० औं राष्ट्रिय बाल दिवस हल्दिबारीमा मनाइएको छ । हल्दिबारी मा.वि. बाट ब्यानर सहित विभिन्न पोष्टर बोकेका बाल संजालका विद्यार्थी भाई बहिनीहरुले वडा नं. २ को कार्यालय हुँदै खार्साङ्गबारी चोक पुगेर भजन चोकमा कार्यक्रम विसर्जन गरेका थिए ।

उक्त ¥याली पछीको कार्यक्रमलाई हल्दिबारी मा.वि.का प्रधानाध्यापक टंक बहादुर पार्खिन, हल्दिबारी प्रहरी चौकिका इन्चार्ज रमेश कटुवाल र बाल संजालका अध्यक्ष पवन गिरीले बाल दिवसको महत्व, बालबालिकाका अधिकार समवन्धमा मन्तव्य राख्नु भएको थियो । बाल दिवसकै अवसरमा भोली भदौ ३० गते वडा नं. ४ को पाथीपरा मन्दिरको सभाहलमा लागु औषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको हल्दिबारी पाल संजालका अध्यक्ष पवन गिरीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार