बिर्तामोड २८ भदौं । नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता खरेल विमली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ऐश्वर्या पाण्डे, प्रथम उपाध्यक्षमा यशोदा प्रसाई, द्वितीय उपाध्यक्षमा शुशिला पाठक, महासचिवमा बिना थापा घिमिरे, सचिवमा चन्द्रकला रिजाल भट्टराई र कोषाध्यक्षमा उमा भट्टराई प्रसाई निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा विमला भट्टराई, निरा न्यौपाने कट्टेल, देवी न्यौपाने, अस्मिता राई, देवीका कोइराला खनाल, संगीता चिमरिया, मुना पौडेल, दुर्गा पौडेल, निर्मला चौहान र उमा साह निर्वाचित भएका छ्न ।

२०७४ सालमा स्थापना भएको संस्थामा हाल झापा जिल्लाभित्रका ८० जना महिला उद्यमी छन् भने नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षे कार्यावधी रहेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार