आज मोहम्मद जयन्तीकाे दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि झापाका पाँच पालिकाले सार्वजनिक बिदा दिएको छ। यो बिदा इस्लाम धर्मावलम्बीहरूको पैगम्बर हजरत महमद मुख्ताफ सल्लल्लाहो अलौही वासल्लमको १४५३ औं जन्मजयन्तीको अवसरमा प्रदान दिएको हो। बिदा दिने पालिकाहरूमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका समावेश छन् ।

यस अवसरमा, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँई, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र कचनकवल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले छुट्टाछुट्टै सूचना जारी गरेका छन्। यी सूचनामा, अति आवश्यक काम बाहेक पालिकाको कार्यालय, मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरू बन्द रहने उल्लेख गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार