झापा । झापाको गौरीगञ्जमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ का ३३ वर्षीय महेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका थिए । घाइते राजवंशीलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट अनुसन्धान गरिरहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार