भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा एक दिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. आलोक ठाकुरको सहजीकरणमा क्यान्सर पहिचान, उपचार र बच्ने उपाय बारेमा एक दिने सचेतना सम्पन्न गरिएको हो । भद्रपुर १० चन्द्रगढी स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा सम्पन्न सचेतना कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, प्रशासन र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

संस्थाका कोषाध्यक्ष रामप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी भावना पोखरेल र क्याम्पस प्रमुख विवेक पोखरेलले मन्तव्य राखेका थिए भने उपसभापति गंगाप्रसाद श्रेष्ठले स्वागत गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार