वीरगञ्ज । वीरगञ्जमा सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा २१ वर्षीय ओमकुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ।

पटेलले “किङ्स अफ पर्सा” नामक खाताबाट फेसबुक, टिकटक, ट्वीटर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा अपशब्द प्रयोग गर्दै गालीगलौज, हातहतियारको प्रदर्शन, र डर त्रास फैलाउने गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक दीपक भारतीले सार्वजनिक शान्तिविरुद्धका यस किसिमका क्रियाकलाप समाजमा द्वन्द्व सिर्जना गर्ने भन्दै पटेललाई पक्राउ गरिएको जानकारी दिएका छन्। थप अनुसन्धान जारी रहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार