कविता:  “शुभ कामना”

सकिन्छ भने बरु नाउँ नै फेर्नुस्
सहकारी पार्टी नाउँ राखेर हेर्नुस्
अधिवेशन सफलताको कामना
ड्रोपिन खाको खेलाडीझैँ नगर्नुस्!

आखिर रहेछ स्टर्न मिसन सहकारी
गरिबको आँसु पिएर भर्यौ है भकारी
गरिबका हैनन् आफ्नै त मुहार फेर्यौ
गरिबको रगत पसिना खायौं आखिरी!

रविको अर्को अर्थ पनि रहेछ है घाम
सूर्यको अर्को अर्थ पनि रहेछ है घाम
दुई घाम मिलेर गरिबका पैसा झ्वाम
दुई घामहरु निलेर नै सहकारी खाम!

अठासी हजार राज्यको ॠणको भारी
पापी पेट पाल्न बोक्दैछु सधैं नै भारी
पैसा पसिना बगाइ राखेको पैसा झ्वाम
मिसन कुट्न पिसन भनेकै रैछ सहकारी!

ढाकछोप आयोगको यही नै रछ काम
गरिबका नाउँका सटरहरुको के काम
अधिवेशन सफलताको कामना छ है
देशको ढुकुटी भ्रष्टाचारीहरुले नै झ्वाम!

धन्यवाद।
शुभ बिहानी।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार