संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज नेपालभर र विदेशमा हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ, जहाँ संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। साँझमा राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ।

सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ।

नेपालको संविधान, जुन २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको थियो, सात दशक लामो जनआन्दोलन र बलिदानको उपलब्धिका रूपमा आएको हो। यो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, र समाजवादप्रति प्रतिबद्धता जनाउँदै समृद्ध राष्ट्र निर्माणको अठोट गरेको छ।

सरकारले यो दिनलाई संविधान दिवस र राष्ट्रिय दिवसका रूपमा प्रत्येक वर्ष मनाउँदै आएको छ, र यस वर्ष संविधान जारी भएको ९ वर्ष पूरा भएको छ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत शीर्ष नेताहरूले शुभकामना सन्देश पठाउँदै यो दिवस उल्लासमय वातावरणमा मनाउन आह्वान गर्नुभएको छ। संविधान दिवसकै अवसरमा काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुति र दिपावली मनाउन समेत सबैलाई प्रेरित गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार