संखुवासभा, ३ असोज (फाइल तस्विर)। संखुवासभाको मकालु गाउँपालिका-३ स्थित खाँदबारी-किमाथांका सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका छन्। असोज २ गते बिहान ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरेपछि दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो। हाल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार