हल्दिबारी । झापाको हल्दिबारी वडा नं-३ को ढडुवा चोकमा संंविधान दिवसको अवसरमा चोकमा ८ फिटको राष्ट्रिय झण्डा राख्ने तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

ढडुवा युवा क्लवको आयोजनामा भएको कार्यक्रममा संंविधानप्रेमी विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। महिला, युवा, जनप्रतिनिधि, पत्रकार, बालबालिका लगायत सरोकारवालाहरुले हर्ष उल्लास साथ संविधान दिवस कार्यक्रममा राष्ट्रिय भक्तिका गितहरु बजाएर दिप प्रज्वलन गरिएको थियो।

युवा क्लवका अध्यक्ष कुल बहादुर(गोपाल) न्यौपाने ज्युको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको संचालन एवम सहजीकरण क्लवका सचिव अभिषेक खतिवडाले गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार