हल्दिबारी, ४ असाेज । जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ, जसका कारण विभिन्न क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिएको छ।

कोशी र बागमती प्रदेशमा केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भागमा आंशिक बदली र मौसम सफा रहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने सम्भावना छ, विशेषगरी कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ। रातिको समयमा पनि यी प्रदेशका पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार