मकवानपुर प्रहरीले भन्सार छली अवैध रुपमा कपडा ल्याउने दुई जना भारतीय नागरिकलाई आलुको बोरा मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू ट्रकमा लोड गरिएको एक करोड ३५ लाख रुपैयाँ बराबरको कपडा अवैध रूपमा काठमाडौँ लैजाँदै थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोप्य सूचनाका आधारमा गरेको कारबाहीमा हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको भारतीय ट्रक (नम्बर बीआर ०५ जिडी १३४३) मा कपडा लुकाइएको भेटियो। ट्रकमा भन्सार बिल अनुसार २६४ बोरा आलु राखिएको थियो, तर भित्र लुकेको अवस्थामा ७४ वटा बोरामा विभिन्न किसिमका कपडा राखिएको पाइयो।

पक्राउ परेका व्यक्तिहरूमा भारत विहार राज्य मोतिहारी जिल्ला निवासी ३० वर्षीय ट्रक चालक जन्दार आलम र १९ वर्षीय सहचालक मुना मियाँ छन्। ट्रक, कपडा, र दुवै पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार