नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँपालिका समिति, रसुवा र कालिका हिमालय एस.एल.सी. ०५६ द्वारा   संयुक्तरूपमा रसुवाकाे कालिकास्थान स्थित कालिका बजारमा रक्तदान कार्यक्रमकाे आयाेजना गरियो ।

कालिका गाउँपालिका उपाध्यक्ष मिरा तामाङकाे प्रमुख आतिथ्यता रहेकाे उक्त रक्तदान कार्यक्रमकाे शुभारम्भ सर्वाधिक स्वयंसेवी रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रचना गर्नुभएको “रसुवा” शिर्षककाे कबिता –

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूकाे उर्वरभूमि रसुवा !
रगतकाे मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हाे रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा सचिवका साथै कार्यक्रम संयाेजक हेमनाथ खतिवडाले बाचन गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियोे । संगसंगै प्रमुखद्वारा रक्त संकलन थैली पनि हस्तान्तरण गरिएकाे थियो ।

कार्यक्रमको सभापतित्व कालिका हिमालय एस.एल.सी. २०५६ ब्याचका रामप्रसाद ढकाल र बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा अध्यक्ष प्रमिला लामा, अतिथिहरूमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका काेषाध्यक्ष निशान गजुरेल र नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँ पालिका समितिका अध्यक्ष तारा कार्की अधिकारी  हुनुभएकाे साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ७० जनाले रक्तदान गर्नुभएको थियोे । आगामी कार्यक्रम फागुन ७ गते हुने जानकारी समेत दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार