झापा, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहसहित उच्च अधिकारीहरूले उहाँलाई बिदाइ गरेका थिए।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुहुनेछ। महासभाको यस वर्षको मुख्य विषय ‘कोही पनि पछाडि नछोडिने’ लक्ष्यमा केन्द्रित छ। यस क्रममा उहाँले एलडिसीको अध्यक्षको रूपमा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सम्बोधन गर्नुहुनेछ। उहाँले कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा समेत विभिन्न कार्यक्रमहरूमा सहभागी भई सम्बोधन गर्ने तालिका छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, र अन्य वरिष्ठ अधिकारीहरू सामेल छन्। प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनुहुनेछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार