झापा।हल्दिबारी गाउँपालिका मा चार्डपर्व नजिक आए सगै चोरीका घटनाहरु पनि बढन थालेको घटनाहरु सार्वजनिक हुन थालेका छन। आज हल्दिबारी वडा नं-३ का दुई स्थान र हल्दिबारी वडा नं-५ का एक स्थानमा चोरी भएको घटना बाहिरीएको छ ।

वडा नं-३ मा दुधकन्या मन्दिर परिसरको दान पेटिका बाट नगद , मन्दिर भित्र भक्तजनले चडाएको सुन चाँदी लगायत गरेर १ लाख बराबरको क्षेति हुने गरी सामाग्री चोरी भएको बुझिएको छ । मन्दिर सगै रहेको रातमाटे सामुदायिक वन उपभोक्त समुहको कार्यालय पनि तोडेको घटना भेटिएको छ । वन कार्यालय बाट भन्ने एक थान खुकुरी हराएको जानकारी रातमाटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जनक लामाले बताएका छन।

त्यस्तै वडा नं-३ को त्रियुगेश्वर शिव मन्दिरको ताल पनि आज तोडेको थियो। मन्दिर बाट भक्तजनले चडाएको नगद पैसा लगेको बुझिएको छ । यो भन्दा अगाडि पनि सो मन्दिर फोडिएको थियो। त्यसर्थ मन्दिर भित्र पैसा भन्ने तेति नराख्ने गरेको एक स्थानीयले बताएका छन।

वडा नं-५ को कन्चनश्री बजार पश्चिम गोलधाप जाने सिमानाको पुल भुतेनी खोला निर्माण गर्ने मजदुरहरुको मोबाइल ३ थान फोन चोरी भएको कुरा वडा अध्यक्ष खड्ग लावती जानकारी दिनु भएको छ ।

चार्ड पर्व नजिकै आए सगै बढने येस्ता घटनालाई न्यूनीकरण गर्नेका लागि प्रहरी प्रशासन , नागरिक समाज , सम्बन्धित निकाय लगायत सबै एक जुट भइ शान्ति सुरक्षाका लागि गस्ति सगै सुरक्षाका उपाय अपनाउनु आवश्यक देखिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार