झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृतक ६२ वर्षीय यामबहादुर लिम्बु हुन्, जो बिर्तामोड नगरपालिका-६, बुट्टाबारीका बासिन्दा थिए। घटना गएराति ८ बजे पूर्वपश्चिम राजमार्गको बिर्तामोड-६, कुमारी चौकमा भएको हो।

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकल (प्र १-०१-०१३ प २८०९) ले लिम्बुलाई ठक्कर दिएको थियो, जसका कारण टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा लगिएको भए पनि मंगलबार बिहान २:४० बजे उनको मृत्यु भएको हो।

मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका-४ निवासी ३२ वर्षीय विकास लिम्बूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
4
+1
0
+1
0
+1
5
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार