झापा, असोज ८ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशभर मौसममा परिवर्तन आउँदै विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। बुलेटिनमा भनिए अनुसार, यस वर्षा विशेषगरी कृषि क्षेत्रमा असर पुर्याउने सम्भावना भएकाले किसानलाई खेती सुरु गर्नु अघि मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन सुझाव दिइएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, र बंगालको खाडीबाट आउने जलवाष्फयुक्त हावाको कारणले विभिन्न क्षेत्रहरूमा वर्षा हुन सक्ने सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हल्कादेखि मध्यम र केही ठाउँहरूमा भारी वर्षा हुने सम्भावना उल्लेख गरिएको छ।

सामान्यतः सबै प्रदेशहरूमा बदली देखिने र बुधबारसम्म हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
1
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार