माेरङ्ग, ८ असाेज । मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ९ धनजुवामा आज चट्याङ लागेर ४५ वर्षीया साक्रो हेमरमको मृत्यु भएको छ।

लखीराम हेमरमकी श्रीमती साक्रो घरदेखि २ किमी पश्चिममा रहेको धान खेतमा घाँस काट्दै गर्दा चट्याङ लागेको हो। सोही समयमा घाँस काट्दै गरेकी उनकी छोरी, २२ वर्षीया विनिता हेमरम पनि चट्याङको चपेटामा परिन्, जसका कारण उनको कानबाट रगत निस्किए पनि उनलाई सामान्य चोटपटक लागेको छ।

इलाका प्रहरी कार्यालय दोहमनाले करिब १:०० बजे घटनाबारे जानकारी पाएपछि तुरुन्तै प्रहरी टोलीलाई घटनास्थलमा पठाएको थियो। घाइते विनितालाई रंगेली अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि रंगेली इलाका प्रहरी कार्यालयको SOCO टोली प्रहरी निरीक्षकसहित परिचालित भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
10
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार