झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकामा १४ वर्षीया नेहारिका राजवंशीलाई जमुना खोलाले साइकलसहित बगाएपछि दुई दिनसम्म खोजी गर्दा उनको शब करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँ नजिकै धानबारीमा भेटिएको छ।
उनी आफ्नी सानिमाको घर बिहारमा पाहुना खाएर फर्कने क्रममा चमारभिट्टा पुल नजिक पुगेपछि जमुना खोलाले उनी र उनको साइकललाई बगाएको थियो। साइकल भने घटनास्थलमै फेला परेको भए पनि बालिका बेपत्ता थिइन्। खोजी अभियानपछि आइतबार उनको शव फेला परेको हो।
यस घटनाले स्थानिय बासिन्दालाई स्तब्ध बनाएको छ, र यो घटनाले खोलापारि र आसपासका क्षेत्रमा हुने यस्ता जोखिमहरूको बारेमा सचेतना र सुरक्षा उपायहरूको आवश्यकता देखाएको छ।