“कुमागाया नेपाली समाज (जापान)” को अध्यक्षमा झापा हल्दिबारीका नविन प्रकाश शिवाकोटी चयन भएका छन् । जापानमा बस्ने नेपालीका साझा समस्याहरु, गतिविधिहरु र कार्यक्रमको समन्वय गर्दै नेपाली समुदायलाई अझ ससक्त बनाउने उद्देश्यले सभाजको गठन गरिएको अध्यक्ष शिवाकोटीले हल्दिबारीसंगको कुराकानीमा बताए ।

कुमागाया नेपाली समाजले समुदायको भलाईमा मात्र केन्द्रित हुने गरि काम गर्ने गरि समितिको बरिष्ट उपध्यक्षमा दुर्गा प्रसाद भट्टराई, बरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद भट्टराई, उपाध्यक्षमा उषा खनाल थापा र नर ब. डाँगी, सचिवमा श्रीराम पौडेल, सह–सचिवमा ईश्वरी कुंईकेल र गेहेन्द्र थापा, कोषाध्यक्षमा निराजन पाण्डे र सह–कोषाध्यक्ष– होम ब. पुन रहेका छन् । त्यसै गरी कार्य समिति सदस्यहरुमा
सुजन पराजुली, सन्तोष बेल्वासे, रितेश महर्जन, अनील राना र अबय अर्याल लाई चयन गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए । उनका अनुसार समितिले देहायका विषयलाई प्राथमिक्ता साथ काम गर्ने उद्देश्य लिएका छन् ।

  • समुदायका सदस्यहरूबीच आपसी सम्बन्ध सुदृढ पार्ने कार्यक्रमहरूको आयोजना गर्ने। समुदायका सदस्यहरूबीच सहयोग, समझदारी, र समर्थनको भावना विकास गर्ने। यसले सबैलाई एकअर्कासँग नजिक ल्याउनेछ।
  • आपतकालीन सहायता र सहयोग प्रणालीको विकास गर्ने। सदस्यहरूलाई आफ्नो चुनौतीहरू र समस्याहरूको समाधानको लागि परामर्श दिने, सुझावहरू दिने र समाधानमा सहयोग गर्ने। यसले समुदायमा सकारात्मक वातावरण सिर्जना गर्नेछ।
  • नेपाली भाषा, संस्कृति, र परम्पराको संरक्षणका लागि शैक्षिक र सांस्कृतिक कार्यक्रमहरू गर्ने
  • आगामी २ वर्षभित्र बिधान तयार गरेर महाधिवेशनको आयोजना गर्ने।
  • समस्या समाधान र परामर्श दिने स्थानको रूपमा काम गर्ने।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार