हल्दिबारी । हरियाली सामुदायिक बन उपभोक्ता समुहको १९ औं साधारण सभा संस्थाका अध्यक्ष झमबिर नेम्वाङको सभापतित्व एवं हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त अवसरमा धनुषा आधारभूत विद्यालयका ६३ जना विद्यार्थीलाई स्कुल ब्याग तथा जलथल प्रहरी चौकीलाई काठको टेवल र ६ वटा कुर्सी प्रमुख अतिथि लिङ्देन लगायतले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन, जिल्ला बन महासंघका अध्यक्ष बेद प्रकाश भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष झमबिर नेम्वाङबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाकी सचिव कृष्ण कुमारी पाठक बिमलीले बार्षीक कार्ययोजना प्रस्तुत गरेकी थिईन । समुहको लेखा समितिको प्रतिवेदन समितिका सदस्य होमनाथ अधिकारीले प्रस्तुत गरेका थिए भने महालेखा परिक्षको प्रतिवेदन समुहाका सह सचिव दिपक तामाङ्ले प्रस्तुत गरेका थिए ।

३१०.८५ हेक्टरमा फैलिएको हरियाली बन समुहका ५२५ जना उपभोक्ता सदस्य रहेका छन् भने समुहले २०८ घर परिवारलाई विधुतिय चुलो तथा बन हाता भित्र १ हजार भन्दा बढी आप, लिच्ची, कटहर, अम्बक जस्ता बोटविरुवा समुहले आफ्नो बन हाता भित्र रोपेको कार्यक्रममा जानकारी दिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार