काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दर्ता भएका दुई वटा मुद्दामा प्रति मुद्दा ५०-५० हजार गरी जम्मा एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईंलाई असोज ६ गते साइबर ब्युरोले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो, र उनी हाल धरौटी बुझाउने प्रक्रियामा छन्।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
+1