भद्रपुर । बडा दशैंको अवसर पारेर भद्रपुर ७ चन्द्रगढीमा शाकारी खाद्य परिकार सहितको हिमालय फुडल्याण्ड सञ्चालनमा आएको छ । झापा सदरमुकाम समेत रहेको चन्द्रगढीमा पहिलो पटक फरक शैली र स्वाद लिएर सञ्चालनमा आएको फुडल्याण्डले जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा राखेको छ ।

२५ लाख लगानीमा भद्रपुर ९ निवासी दीक्षा खनाल खतिवडाले सञ्चालनमा ल्याएको फुडल्याण्डमा जन्म दिन मनाउन आउने व्यक्तिका लागि रू.१९९९मा केक, पिज्जा, वर्गर, बबल टी, फ्रन्ज फ्राइ, पकौडा, मम, चाउमिन, एक बोतल कोक र पानी सहितको प्याकेज राखिएको छ । केक लिन नचाहनेका ग्राहकका लागि रू.१४९९ मा अन्य परिकार सहित जन्मोत्सव मनाउन पाउने गरी प्याकेज निर्धारण गरिएको सञ्चालक खतिवडाको भनाइ छ । उनका अनुसार झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा शाकारी खाद्य परिकार मात्र उत्पादान गरेर सेवा दिने फुडल्याण्ड नरहेकै कारण सुविधा सम्पन्न ३ वटा एसी सहितका क्याविन तथा दुई वटा समान्य क्वाविनबाट सेवा प्रवाह गरिने छ ।

कफी तथा पिज्जाका लागि अन्यत्रभन्दा फरक र उत्कृष्ट स्वाद सहित सेवा दिने जनाउँदै सञ्चालक खतिवडाले शुद्ध शाकारी खानाका लागि प्रमुख गन्तव्य स्थल बनाउने उद्देश्य रहेको जनाउँदै होमडेलीभरीको पनि व्यवस्था गर्ने जानकारी दिइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार