दोस्रो भद्रपुर रन प्रतियोगितामा पुरुषतर्फ हप्ना टुडु र महिलातर्फ बिन्दा राई प्रथम भएका छन् । भद्रपुर ८ नम्बर वडा कार्यालयले बडादशैंको अवसर पारी आज घटस्थापनाका दिन आयोजना गरेको म्याराथन प्रतियोगितामा पुरुषतर्फ भद्रपुर–४का टुडुले ८.५ किलोमिटर दौड २६ मिनेटमा र भद्रपुर–२ की राईले ६ किलोमिटर दौड २६ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । उनीहरूले नगद ३१ हजारसहित प्रमाणपत्र पाएका छन् । त्यस्तै पुरुषतर्फ दोस्रो सुनिराम हेमरम, तेस्रो इन्द्र मगर, चौथो अंकित राई, पाँचौँ विवेक लिम्बु, छैटौँ अविक राई, सातौँ शिव हेमरम, आठौँ नरेश खड्का, नवौँ सुरेश गुरुङ र दसौँ दिलकुमार राजवंशी भएका छन् ।

महिलातर्फ दोस्रो रक्षा मर्डी, तेस्रो रिता र्मुर्मु, चौथो आकृति लिम्बु, पाँचौँ एलिना टुडु, छैटौँ सुजना तामाङ, सातौँ झरना श्रेष्ठ, आठौँ नुमा लिम्बु, नवौँ ऋतु लिम्बु र दसौँ आशा राई भएकी छिन् ।

उनीहरूलाई क्रमशः २१ हजार, ११ हजार, ५ हजार, २ हजार र छैटौँदेखि देखि १० औसम्मलाई नगद एक हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता खेलाडीहरूलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दीपेश ढकाल, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), भद्रपुर नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत सुनिल निरौला लगायतका पुरस्कार दाताहरूले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा महिलातर्फ ६ किलोमिटर र पुरुषतर्फ ८.५ किलोमिटर रुट तय गरिएको थियो । सगरमाथा चौकबाट सुरु हुने दौड क्याम्पस मोड, एसपी मोड हुँदै रजत जयन्ती चोक, जिल्ला कारागार, घोडामारा, गणेश मन्दिर चोक, जनता चोक, संगम चोक भएर सगरमाथा चोकमा आएर समापन भएको थियो । प्रतियोगितामा यसबर्ष भद्रपुरभन्दा बाहिरका खेलाडीलाई पुरस्कार नदिने व्यवस्था गरिएको थियो ।

पुरुषतर्फको दौडमा नेपाली सेनाका उदित राई प्रथम भएका थिए । भद्रपुरका स्थानीय नहुँदा उनले पुरस्कार पाएनन् । तर, उनलाई भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले ५ हजार पुरस्कार प्रदान गरेका थिए । अब प्रत्येक वर्ष भद्रपुर रनलाई निरन्तरता दिने आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष सुब्बाले उद्घोष गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार