हल्दिबारी । ढडुवा युवा क्लवको समन्वय तथा अगुवाईमा दाताहरुको सहयोगमा पुर्ण बहादुर मोक्तान परिवारलाई सहयोग गरिएको छ ।

हल्दिबारी वडा नं-२ निवासी मोक्तान परिवारको बस्दै आएको घर जिर्ण अवस्थामा रहेको बुझे सगै समाजसेवी श्री कृष्ण प्रसाई,श्री सुक्र दाहाल र श्री सन्तोष दाहालहरुको आर्थिक सहयोगमा ढडुवा युवा क्लव परिवारको पहलमा घर मर्मत एवम सम्भार गर्ने काम सुरु भएको छ । शारीरिक रुपमा असक्त एवम विपन्न रहेका मोक्तान राधाकृष्ण मन्दिर उत्तर ५ जना छोराछोरी, श्रीमान श्रीमती सहित ७ परिवार रहेको बुझिएको छ ।

५ धुर जग्गामा बसोबास गर्दै आएका मोक्तानको घर मर्मत एवम सम्भार गर्ने दाताहरुले हस्तान्तरण गरेको ३०,००० रकम ढडुवा युवा क्लवका अध्यक्ष गोपाल न्यौपाने , सचिव अभिषेक खतिवडा,लक्ष्मी दंगाल एवम सामाजिक व्यक्तिहरुको उपस्तिथिमा हस्तान्तरण गरिएको छ ।

घर मर्मत गर्ने कार्य भोली देखि सुरु गरी चाड पर्व नजिके सगै मोक्तान परिवारलाई घर हस्तान्तरण गरिने क्लवका अध्यक्ष गोपाल न्यौपानेले जानकारी दिएका छन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार